अमेरिकाकाे क्यालिफोर्नियामा गोली चल्दा ६ जनाको मृत्यु

क्यालिफोर्निया प्रदेशकाे राजधानी सेक्रामेन्टोमा गोली चल्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

आइतबार बिहान रेस्टुरेन्ट र बारले भरिएको क्षेत्रमा बन्दुकको आवाज आएपछि मानिस सडकबाट भागेका थिए । आक्रमणकारीमाथि प्रहरीले जवाफी गोली प्रहार गरेको थियो । 

आक्रमणपछि शंकास्पद व्यक्तिको खोजी भइरहेको जनाइएको छ ।

‘यो वास्तवमै दुःखद अवस्था हो’, प्रहरी प्रमुख क्याथरिन लेस्टरले भने । 

आक्रमणकारी पत्ता लगाउन प्रहरीले सर्वसाधारणसँग सहयोग मागेको छ ।

बन्दुक राख्न पाउने कानुनका कारण अमेरिकामा भयानक गोलीकाण्डहरू दोहोरिने गरेको छ । 



प्रायः अमेरिकीले बन्दुक लिनु एउटा संस्कृतिजस्तै बनेको छ । सोही कारण बन्दुकसँग सम्बन्धित हमला भइरहेका छन् । 

हत्याहिंसाको अन्त्यका लागि बन्दुक संस्कृतिको अन्त्य हुनुपर्ने विज्ञहरू बताउँदै आएका छन् । 



सन् २००७ मा भर्जिनियाको एक विद्यालयमा भएको गोलीकाण्डमा आक्रमणकारीसहित ३३ जनाको मृत्यु भएको थियो । सो आक्रमणमा २३ जना घाइते भएका थिए । 

त्यसैगरी, सन् २०१२ मा पनि अमेरिकाको स्यान्डी हकमा एकजना बन्दुकधारीले विद्यालयमा गरेको हमलामा २८ जनाको ज्यान गएको थियो । सो घटनामा मारिनेमा अधिकांश बालबालिका थिए । 

त्यसैगरी, सन् २०१७ को अक्टोबरमा लास भेगासमा भएको बन्दुक हमलामा ६० जनाको ज्यान गएको थियो । सो गोलीकाण्डमा करिब ५ सयजना घाइते भएका थिए । 

‍उक्त आक्रमणलाई अमेरिकी इतिहासकै सबैभन्दा क्रूर र दर्दनाक मानिएको छ ।
 

  • प्रकाशित मिति : चैत २१, २०७८ साेमबार १२:२७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया