श्रीलंकाका विपक्षी दलका नेता सजिथ प्रेमदासाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सहयोगको अपिल गरेका छन् ।
आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंका यतिबेला राजनीतिक अस्थिरताबाट पनि गुज्रिरहेको छ ।
श्रीलंकामा २६ मन्त्रीले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री महिन्दा राजपाक्ष र उनका भाइ राष्ट्रपति गोतबाया राजपाक्षले भने राजीनामा दिएका छैनन् ।
त्यहाँको केन्द्रीय बैंकका गभर्नरले पनि राजीनामा दिएका छन् ।
समाचार एजेन्सी एएनआईसँगको कुराकानीमा सजिथ प्रेमदासाले प्रधानमन्त्री मोदीलाई अपील गर्दै भने, ‘कृपया सकेसम्म मद्दत गर्ने प्रयास गर्नुहोस् । यो हाम्रो मातृभूमि हो । हामीले हाम्रो मातृभूमि बचाउनु पर्छ।’
श्रीलंकामा आर्थिक संकट सुरु भएपछि भारतले धेरै सहयोग गरेको छ । भारतले श्रीलंकालाई तेल, खाद्यान्न र औषधिको रूपमा मात्र होइन, ऋण पनि दिएको छ ।
तर, अहिले श्रीलंकाको स्थितिमा सुधार आएको देखिँदैन । त्यहाँको सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को ढोका पनि ढकढक्याएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।