भूमध्यसागरमा डुंगा डुब्दा कम्तीमा ९० आप्रवासीको मृत्यु
फाइल फाेटाे

लिबियाबाट शरणार्थी बोकेको डुंगा भूमध्यसागरमा डुब्दा कम्तीमा ९० आप्रावासीको मृत्यु भएको छ । 

क्षमताभन्दा बढी यात्रु बोकेको सो डुंगा केही दिनअघि लिबिया छाडेको थियो । 

दुर्घटनामा ४ जनाको जीवितै उद्दार भएको प्राप्त विवरणमा जनाइएको छ ।

एलेग्रिया १ नामक एक व्यावसायिक ट्यांकरले शनिबार बिहान भूमध्यसागरमा ४ जनाको उद्धार गरेको डक्टर्स विदाउट बोर्डर्सले जनाएको छ । 

डुंगामा एक सय जनाले यात्रा गरेको उद्दार गरिएका व्यक्तिहरूले बताएका छन् । 

एक दशकको द्वन्द्व र अराजकताबाट ग्रस्त लिबिया अफ्रिकी र एसियाली आप्रवासीहरूका लागि युरोप जाने प्रमुख प्रस्थान बिन्दु बनेको छ । 



आप्रवासीका लागि अन्तराष्ट्रिय संगठनका अनुसार पछिल्लो हताहतीबाहेक यस वर्ष भूमध्यसागरमा डुबेर ३६७ जनाको मृत्यु भएको छ । 



  • प्रकाशित मिति : चैत २१, २०७८ साेमबार १३:७:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया