हंगेरीमा सत्तारुढ गठबन्धन नै विजयी, अर्वान पाचौँपटक प्रधानमन्त्री बन्ने

हंगेरीमा भएको संसदीय निर्वाचनमा प्रधानमन्त्री भिक्टोर अर्वान नेतृत्वको गठबन्धन नै विजयी भएको छ । उनी अब पाँचौंपटक देशको प्रधानमन्त्री बन्ने भएका छन् । 

नयाँ संसद् गठनका लागि आइतबार भएको निर्वाचनमा सत्तारुढ दल फिडेस नेतृत्वको केडीएनपी गठवन्धन विजयी भएको हो । निर्वाचन कार्यालयले मतपरिणाम आइतबार राति नै सार्वजनिक गरेको थियो ।

मतपरिणाम सार्वजनिक भएसँगै सत्तारुढ दलका नेताहरूले देशभरी खुसियाली मनाएको समाचारमा जनाइएको छ ।​ फिडेस नेतृत्वको गठबन्धनले ७१ प्रतिशत मत गणना हुँदा नै ५४.६५ प्रतिशत मत प्राप्त गरेको थियो ।

विपक्षी ६ पार्टीको गठबन्धनले भने ३३.५५ प्रतिशत मात्रै मत प्राप्त गरी दोस्रो भएको निर्वाचन कार्यालयले जनाएको छ । कुल १९९ संसदीय सिट मध्ये १३४ सिटमा सत्तारुढ गठबन्धन विजयी भएको छ । 

यसअघि सन् २०१८ मा भएको निर्वाचनमा उनले गठबन्धनले १३३ सिटमा जित हासिल गरेको थियो । गठबन्धनले सन् २०१८, २०१४ र २०१० मा झै अत्यधिक मत प्राप्त गरेको हो ।

देशभरी मतदान अधिकार पाएकाको सङ्ख्या ७० लाख ८० हजार रहेको छ । निर्वाचनका लागि देशभरी १० हजार मतदान केन्द्र तय गरिएको थियो ।



सन् १९९८ देश शक्तिमा आएका ५८ वर्षीय प्रधानमन्त्री अर्वानले सुरुमा सन् २००२ सम्म शासन गरेका थिए । त्यसपछि उनी सन् २०१० मा फेरि शक्तिमा आएका थिए । 
 



  • प्रकाशित मिति : चैत २१, २०७८ साेमबार १३:२५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया