logo-img

राष्ट्रपति भण्डारीले गरिन् काष्ठमण्डपको लोकार्पण [तस्वीरसहित]

राष्ट्रपति विद्या भण्डारीले पुरातात्विक महत्त्वको ऐतिहासिक सम्पदा काष्ठमण्डपको लाेकार्पण गरेकी छन् ।

राष्ट्रपति भण्डारीलाई काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काष्ठमडपको साँचो हस्तान्तरण गरेपछि राष्ट्रपतिले साँचाे देखाई ‍लाेकार्पण गरेकी हुन्।

राष्ट्रपति भण्डारीले काष्ठमण्डप पुनर्निर्माणको काममा योगदान दिएको भन्दै काठमाडौं महानगरपालिका, पुरातत्व विभाग, सम्पदाविद्हरु र स्थानीयबासीलाई धन्यवाद दिइन् ।

उनले उपत्यकाकाे वातावरणकाे संरक्षण हुनेगरी भाैतिक निर्माण र पूर्वाधार विकासकाे कामलाई अघि बढाउन जनप्रतिनिधिलाई आग्रह पनि गरिन् ।

तस्विरहरू:



 



  • प्रकाशित मिति : चैत २१, २०७८ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया