विवाह प्रस्ताव अस्वीकार गर्दा छुरा प्रहार

पर्सा– पर्सागढी नगरपालिका– १ भटनीका जयकिशोरप्रसाद चौधरीले छुरा प्रहार गर्दा स्थानीयवासी १८ वर्षीया शकुन्तला चौधरी गम्भीर घाइते भएकी छिन् । 

घाइते शकुन्तलाको वीरगन्जस्थित नेसनल मेडिकल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । जयकिशोरप्रसाद र शकुन्तला नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय बढनियारमा कक्षा ११ मा अध्ययनरत छन् । 

पटक–पटक राखेको विवाह प्रस्ताव शकुन्तलाले अस्वीकार गरेको भन्दै जयकिशोरले उनीमाथि छुरा प्रहार गरेको बताएको प्रहरीले जनाएको छ । जयकिशोरप्रसादलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 





  • प्रकाशित मिति : पुस ९, २०७५ साेमबार १६:१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया