तलब नपाएको भन्दै विद्यालयमा शिक्षकले लगाए ताला

धनुषाको कमला नगरपालिका-१ स्थित मंगराहामा रहेको जनता माध्यमिक विद्यालयमा सोमबारदेखि अनिश्चितकालीन तालाबन्दी गरिएको छ । 

विद्यालयमा कार्यरत १६ जना शिक्षक तथा कर्मचारीहरूले विगत १० महिनादेखि तलब नपाएको भन्दै तालाबन्दी गरेका हुन् ।

अघिल्लो साउन महिनादेखि नै आफूहरूले तलब नपाएको सोही विद्यालयका शिक्षक अशोक कुमार मण्डलले बताए । 

मण्डलले अनुदानको कोटामा निजी स्रोतका शिक्षकलाई राख्ने निर्णयसमेत तत्कालीन विद्यालय व्यवस्थापन समितिले कार्यान्वयन नगरेको आरोप लगाए ।

तत्कालीन विद्यालय व्यवस्थापन समिति, वडाध्यक्ष राजकुमार यादव र नगरपालिकालेसमेत आफूहरूको तलब व्यवस्थापनका लागि कुनै ठोस पहल नगरेकोले बाध्य भएर विद्यालयमा तालाबन्दी गरेको उनकाे भनाइ छ । 

यता, विद्यालयका प्रधानाध्यापक जितेन्द्र कुमार पासवानले आर्थिक स्रोत नभएकाले उनीहरूलाई तलब दिन नसकिएको बताए । 



उनले शिक्षक तथा कर्मचारीको तलबका विषयमा नगरपालिकालाई पटकपटक लिखित अनुरोध गर्दा पनि कुनै सम्बोधन नभएको गुनासो गरे ।

शिक्षकहरुले नै विद्यालयमा तालाबन्दी गरेपछि विद्यार्थीको पढाइसमेत प्रभावित भएको छ ।



  • प्रकाशित मिति : चैत २१, २०७८ साेमबार १८:०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया