काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७४÷७५ प्रतिवेदन प्रस्तुत गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा उक्त आयोगका प्रमुख आयुक्त घिमिरेले उक्त २८औँ प्रतिवेदन प्रस्तुत गरेका हुन् ।
संवैधानिक निकायले गरेको काम–कारबाहीको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार आठ परिच्छेद र २ सय ४७ पृष्ठको उक्त प्रतिवेदनमा आयोगको परिचय, सम्पादित कार्यअन्तर्गतका अनुसन्धान तथा अभियोजनको विश्लेषण, भ्रष्टाचार नियन्त्रका लागि चालिएका निरोधात्मक तथा प्रवर्द्र्धनात्मक उपाय, संस्था सुदृढीकरणका लागि भएका प्रयास, भ्रष्टाचारजन्य कार्यको विश्लेषण, सुझाब, आगामी रणनीतिक कार्यदिशासहित विषयवस्तु समेटिएको उनले जानकारी दिए ।
सो अवसरमा आयुक्तहरू डा. गणेशराज जोशी, राजनारायण पाठक, उषा गुरुङ र सचिव महेश्वर न्यौपानेलगायतको उपस्थिति थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।