चुनावी तालमेल कुनै शक्तिविरुद्ध लक्षित होइन : वर्षमान पुन

नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले निर्वाचनका लागि घोषणा गरिएको तालमेल कुनै शक्तिविरुद्ध लक्षित नरहेको बताएका छन् । 

माओवादीले सोमबार बाराको कलैयामा गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा पुनले स्थानीय तहमा सत्तारुढ गठबन्धनले कसैका विरुद्ध नभई संविधान र लोकतन्त्र पक्षधरले आपसमा तालमेल गर्ने निर्णय लिएको बताए ।

सत्तारुढ गठबन्धनको निर्वाचनका लागि घोषित तालमेल एमालेविरुद्ध नभई संविधान र व्यवस्थामाथि प्रहार गर्ने प्रवृत्तिविरुद्ध भएको बताए । ‘हामीले कुनै दल वा शक्तिविरुद्ध गठबन्धन गरेका होइनौँ,’ उनले भने, ‘संविधान बचाउन, लोकतन्त्र बचाउन र राजनीतिक क्रान्तिका उपलब्धि रक्षा गर्नुपर्छ भन्ने विचार बोकेका शक्तिबीच सहकार्य गरेका हौँ ।’

चुनावमा सत्तारुढ कांग्रेस र माओवादी केन्द्रसहितका दलहरूले गठबन्धन गर्ने निर्णय गरेका छन् । त्यसका लागि प्रत्येक जिल्ला र तहमा संयन्त्र नै बनाउने उनीहरुको योजना छ । 

प्रमुख प्रतिपक्षी एमालेले भने सो ठठबन्धन अप्रकृतिक भन्दैत्यसको चर्को विरोध गर्दै आएको छ । माओवादी नेता पुनले चुनावी तालमेल राजनीतिक चरित्र मिलेर नै गरिन लागेको तर्क गरेका हुन् । गठबन्धनमा आबद्ध दलहरू दलहरू लोकतन्त्र पक्षधर भएको पुनको भनाइ थियो । 

एमाले अध्यक्ष ओलीले पनि राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा, नेपालका नेताहरूसँग भेट गरेर चुनावी सहकार्यको प्रस्ताव राखेको तथा मधेसमा महन्थ ठाकुरसँग पनि सहकार्य गर्न लागेको पुनको दाबी थियो ।





  • प्रकाशित मिति : चैत २१, २०७८ साेमबार १९:९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया