कुकुरले मानव खप्परको कंकाल ल्याएपछि...

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीमा मानव खप्परको कंकाल फेला परेको छ ।

साविकको छितापोखरी–१ दिहुँमा कुकुरले बाटोमा ल्याएको अवस्थामा खप्परको कंकाल फेला परेको वडाध्यक्ष मिलन राईले बताए ।

सोमबार बिहान विद्यालय जानेक्रममा स्थानीय शिक्षक सुरेश तामाङले मानव खप्परको कंकाल भेटेर प्रहरीलाई खबर गरेका थिए । 

दिहुँबाट डाँडाखर्क जाने बाटोमा भेटिएको खप्परको कंकाल कसको हो भन्ने खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले बताए । 

मानव खप्पर फेला परेपछि प्रहरीचौकी छितापोखरी र इलाका प्रहरी कार्यालय खोटाङबजारबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरीको टोलीले कानुनी प्रक्रिया पूरा गरेर पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिँदै छ । 

सोही ठाउँका विष्णु तामाङ गत १४ मंसिरदेखि बेपत्ता छन् । कतिपयले सो खप्पर तामाङको भएको अनुमान गरेका छन् । तर, आधिकारिक पुष्टिविना खप्परको कंकाल ‘कसको हो’ भनेर यकिन गर्न सकिन्न । 



बाटोमा खप्पर भेटिए पनि शरीरका अन्य भाग भने खोजी गर्दा नभेटिएको वडाध्यक्ष राईले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शाहले बताए । 



  • प्रकाशित मिति : चैत २१, २०७८ साेमबार १९:१४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया