नेपालका लागि पूर्वभारतीय राजदूत विनयमोहन क्वात्रा भारतको नयाँ विदेश सचिवमा नियुक्त भएका छन् । क्वात्रालाई सोमबार विदेश सचिव नियुक्त गरिएको हो ।
अहिलेका सचिव हर्षवर्द्धन श्रींगला अवकाश भएपछि क्वात्रा विदेश सचिव हुनेछन् । क्वात्रा दुई वर्षअघि नेपालको राजदूत नियुक्त भएका थिए ।
नेपाल आउनुअघि क्वात्राले विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालय, अमेरिकास्थित भारतीय दूतावासमा काम गरेका थिए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।