आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलले हुम्लामा चुनावी तालमेल गर्ने भएका छन् । हुम्लाका सात गाउँपालिका तथा ती पालिकाका ४४ वडामा गठबन्धनका दलहरूबीच तालमेल हुने भएको हो ।
केन्द्रीय गठबन्धनमा रहेका दलहरूबीच हुम्ला जिल्ला सदरमुकाम सिमकोटमा रहेको बिपी चिन्तन प्रतिष्ठानमा संयुक्त बैठक बसेर मिलेर चुनाव लड्ने निर्णय भएको एकीकृत समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष तीर्थराज रोकाया बताए ।
कांग्रेस हुम्लाका सभापति मोहनविक्रम सिंहको अध्यक्षतामा बसेको गठबन्धनको बैठकले निर्वाचनमा तीनै दल (कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी) बीच तालमेल गरेर जाने निर्णय गरेको हो ।
चुनावी अभियानका क्रममा गाउँघरमा कार्यक्रम सञ्चालन गर्दा गठबन्धनलाई असर पर्नेगरी अभिव्यक्ति नदिनेसमेत सहमति पनि भएको कांग्रेस हुम्लाका सभापति सिंहले बताए । गठबन्धनको अर्को बैठक २६ चैतमा बस्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।