रमेश सिलवालको मुद्दा सिन्हा र रेग्मीले सुनुवाइ गर्ने

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का तत्कालीन सदस्यसचिव रमेशकुमार सिलवालले दायर गरेको रिटको पेसी न्यायाधीशहरू अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासमा तोकिएको छ । 

१५ चैतमा न्यायाधीशहरू हरिकृष्ण कार्की र टंकबहादुर मोक्तानको संयुक्त इजलासले सिलवालको कार्यसम्पादन फाइन मगाउन सरकारको नाममा आदेश दिएको थियो । 

सिलवाललाई १ कात्तिकमा सरकारले कार्यसम्पादन चित्त बुझ्दो नभएको भन्दै सदस्यसचिव पदबाट बर्खास्त गरेको थियो ।  बर्खास्तपछि गत १३ मंसिरमा टंकलाल घिसिङलाई राखेपको नयाँ सदस्य सचिवमा नियुक्त गरेको थियो । 

सिलवालले रिटमार्फत सदस्य सचिवमा घिसिङको नियुक्ति बदर गर्न र आफूलाई पुनः बहाली गर्न माग गरेका छन् । 





  • प्रकाशित मिति : चैत २२, २०७८ मंगलबार १२:३५:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया