logo-img

देशमा रेल आवश्यकता छ, तर बनाउन धेरै खर्च लाग्छ : प्रधानमन्त्री देउवा [भिडियो]
फाइल तस्वीर

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा रेल आवश्यक भए पनि बनाउन धेरै खर्च लाग्ने बताएका छन् । मंगलबार सो बन्दरगाहको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

देशमा व्यापार घाटा बढिरहेको अवस्थामा रेलवे ल्याउनेबारे ध्यान पुर्याउनुपर्ने उनको भनाइ छ । कुनै दातृ राष्ट्र वा संस्थासँग सस्तो व्याजदर अथवा ग्राण्टमा पाए रेल ल्याउन सकिने उनले बताए । 

‘रेल आवश्यकता छ तर रेल बनाउन धेरै खर्च लाग्नसक्छ । त्यसकारण कुनै दातृ राष्ट्रहरूसँग, दातृ संस्थाहरूसित हामीले एकदमै सस्तो व्याजदरमा होस् अथवा ग्राण्टमा होस् । त्यो भयो भने रेल फाइदाजनक हो । फाइदा हुनेछ । रेल ल्याएर महँगो भएर फेरि समस्यामा नेपाल नपरोस् । व्यापार घाटा बढेको बढेकै छ त्यसकारण यसमा ध्यान पुर्‍याउनुपर्छ भन्ने लाग्छ' उनले भने । 

प्रधानमन्त्री देउवाले लगानी र औद्योगिक विकासको वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको बताए ।



भिडियो





  • प्रकाशित मिति : चैत २२, २०७८ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया