रुपन्देहीमा सहअस्तित्व स्वीकार हुने गरी गठबन्धन गर्ने पाँच दलको निर्णय

आगामी स्थानीय निर्वाचनको प्रतिस्पर्धाका लागि सत्तारुढ गठबन्धनले रुपन्देहीका सबै पालिकामा सम्मानजनक सिट बाँडफाँट गर्नका लागि संयन्त्र बनाएका छन् । गठबन्धनका दलहरुको सहअस्थित्व स्वीकार हुने गरी गठबन्धन गर्ने निर्णय पाँच दलले जनाएका छन् । 

गठबन्धनले गरेको घोषणा अनुसार सत्तारुढ पाँच दलले जिल्लाका १६ वटै स्थानीय तहमा संयन्त्र निर्माण गरी गठबन्धनलाई मजबुत बनाउने निर्णय गरेका छन् । 

मंगलबार भैरहवामा बसेको गठबन्धनमा आबद्ध दलहरुको बैठकले चुनावी गठबन्धनको आवश्यकता ठहर गर्दै र सोका लागि नगर र वडा तहसम्म नै गठबन्धन गरेर अघि बढ्ने निर्णय गरेका हुन् ।

नेपाली कांग्रेस रुपन्देहीको पार्टी कार्यालय भैरहवामा बसेको सत्तारुढ गठबन्धनका कांग्रेस, एकीकृत नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा),  नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले संयुक्त रुपमा निर्णय गरेका छन् ।

सबै पालिका र वडा स्तरमा राजनीतिक संयन्त्र गठन गरी एक ढिक्का भएर स्थानीय तहको निर्वाचनमा लाग्ने निर्णय भएको नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले जानकारी दिए । सयंत्रको नेतृत्व कांग्रेसले गर्ने समेत जिल्ला स्तरमा निर्णय भएको छ । 

गठबन्धनले बिस्तृत अध्यन र अनुसन्धान गरी पार्टीको यथार्थ मतका आधारमा सिट बाँडफाँट गर्ने जनाएको छ ।





  • प्रकाशित मिति : चैत २२, २०७८ मंगलबार २१:९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया