दक्षिणले आक्रमण गरे परमाणु हतियारले जवाफ दिने उत्तर कोरियाको चेतावनी

उत्तर कोरियाले दक्षिण कोरियाले आफूमाथि आक्रमण गरे परमाणु हतियारले जवाफ दिने चेतावनी दिएको छ ।

हालै उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले यस्तो धम्की पटकपटक दोहोर्‍याएकी हुन् । दक्षिण कोरियाका रक्षामन्त्रीको अभिव्यक्तिपछि उनले यस्तो चेतावनी दिएकी हुन् ।

दक्षिण कोरियाका रक्षामन्त्रीले आफ्नो सेनाले उत्तर कोरियाको कुनै पनि ठाउँलाई निशाना बनाउन सक्षम रहेको अभिव्यक्ति दिएका थिए । किम यो जोङले रक्षामन्त्रीले यसो भनेर ठूलो गल्ती गरेको पनि बताइन् । 

उनले उत्तर कोरिया युद्धको विरुद्धमा रहेको तर दक्षिण कोरियाले आफ्नो जमिनमा नजर गाडे त्यसको परिणाम कल्पना गर्न नसकिने किसिमको हुने पनि बताइन् ।





  • प्रकाशित मिति : चैत २२, २०७८ मंगलबार २१:२४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया