आइपिएलमा बैंग्लोरको लगातार दोस्रो जित

रोयल च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गरेको छ । 

गएराति भएको खेलमा १७० रनको विजयी लक्ष्य पछ्याएको बैंग्लोरले १९ ओभर एक बलमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो ।

उसको जितमा विकेटकिपर सहबाज अहमदले ४५, दिनेश कार्तिकले ४४, कप्तान फाफ डु प्लेसिसले २९ रन बनाए । बाँकी ब्याटरले भने सन्तोषजनक प्रदर्शन गर्न सकेनन् । राजस्थानका लागि युजवेन्द्र चहल र ट्रेन्ट बोल्टले दुई/दुई विकेट लिए । 

त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ३ विकेट गुमाउँदै १६९ रन बनायो । 

उसका जस बटलरले सर्वाधिक ७० रन बनाए । शिमरोनन हेटमायरले ४२ रनको योगदान दिए । बैंग्लोरका डेविड विली, वानिन्दु हसरंगा र हर्षल पटेलले एक/एक विकेट लिए ।

जारी लिगमा बैंग्लोर र राजस्थानले समान तीन म्याच खेल्दा दुईमा जित र एक/एक खेलमा हार बेहोरेको छन् ।  





  • प्रकाशित मिति : चैत २३, २०७८ बुधबार ६:५४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया