दिमित्री मेदभेदकाे दावी : बुचामा भएकाे मृत्यु फर्जी प्रचार हाे

रुसका पूर्वराष्ट्रपति दिमित्री मेदभेदभले युक्रेनी सहर बुचामा भएका मृत्यु फर्जी प्रचार भएको दाबी गरेका छन् । 

‘यी नक्कली हुन् जुन युक्रेनी प्रचारको कल्पनामा परिपक्प हुन्छन्’, उनले भने । 

रुसी सेना फिर्ता भएपछि आक्रमणको बर्बरता चित्रण गर्ने डरलाग्दा तस्बिरहरू बुचा सहरमा सार्वजनिक भएका छन् ।

कुनै पनि युक्रेनी नागरिकले रुसी सेनाको हिंसात्मक कारबाहीको सामना गर्नु नपरेको रुसी रक्षा मन्त्रालयले दाबी गरेको छ । 

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले किभ बाहिरका दृश्यहरूलाई रुस विरोधी उत्तेजना भनेका छन् ।

तर, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युद्ध अपराध गरेको बताउँदै आएका छन् । 



हत्यालाई  ‘नरसंहार’ र ‘युद्ध अपराध’ भन्दै राष्ट्रपतिले जेलेन्स्कीले भने, ‘हामीलाई थाहा छ कि बुचामा हजारौं मानिस मारिएका छन् । महिला बलात्कृत भएका छन्, बालबलिका मारिएका छन् । रुसले युद्ध अपराध गरेको छ ।’

बुचामा सामूहिक चिहानहरू फेला परेको विवरण सार्वजनिक भएका छन् । तर, रुसले उक्त आरोप ‘नक्कली’ भएको बताएको छ ।



बुचामा पाँच अज्ञात सर्वसाधारणको शव हात पछाडि बाँधिएको अवस्थामा शव भेटिएका थिए । शवको टाउकोमा  गोली लागेको थियो ।

  • प्रकाशित मिति : चैत २३, २०७८ बुधबार ७:२३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया