काेराेना संक्रमण बढेपछि सांघाइमा जारी निषेधाज्ञा थप विस्तार

चीनको सांघाइमा  जारी निषेधाज्ञालाई थप विस्तार गरिएको छ । 

सांघाइमा कोभिडका बिरामीहरू ह्वात्तै बढेपछि प्रशासनले यस्ताे निर्णय लिएको हो । 

निषेधाज्ञाबाट सहरका साढे २ करोड जनसंख्या प्रभावित भएका छन् ।

महत्त्वपूर्ण वित्तीय हव सांघाईमा पछिल्लो एक महिनादेखि संक्रमण बढिरहेको छ । यहाँ दैनिक १३ हजारभन्दा बढी संक्रमित भेटिएका छन् ।

कोभिड संक्रमण बढेपछि केही दिनअघि पूर्वी र पश्चिमी क्षेत्रहरूमा छुट्टाछुट्टै प्रावधानहरू अपनाइएको थियो । तर, अहिले सहरको सबै भूभाग समेट्ने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको प्राप्त विवरणहरूमा जनाइएको छ । 
 





  • प्रकाशित मिति : चैत २३, २०७८ बुधबार ८:३३:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया