श्रीलंकामा जारी संकटकाल खारेज

श्रीलंकामा लागू गरिएको संकटकाल खारेज भएकोे छ । 

देशव्यापी राजनीतिक तथा आर्थिक उथलपुथलबीच राष्ट्रपति गोटाबाया राजापाक्षेले संकटकाल अवस्था खारेज गरेका हुन् । 

सरकारविरोधी प्रदर्शनबीच गठबन्धनका सहयोगीहरू सरकारबाट बाहिरिएपछि राष्ट्रपतिले आफ्नो संसदीय बहुमत गुमाएका थिए । 

नवनियुक्त अर्थमन्त्री अली साब्रेले मंगलबार राजीनामा दिएका थिए । अर्थमन्त्रीमा नियुक्त भएको भोलिपल्ट उनले राजीनामा दिएका थिए ।

त्यसअघि मन्त्रिपरिषद्का सबै सदस्यहरूले सामूहिक राजीनामा दिएका थिए । 

टापुको देश श्रीलंका पछिल्लो समय आर्थिक संकटबाट ग्रसित छ ।



आर्थिक संकटसँग देशमा राजनीतिक संकट पनि चुलिएको छ ।



  • प्रकाशित मिति : चैत २३, २०७८ बुधबार १२:१०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया