अभिनेत्री सुष्मा कार्की अब गायिका

अभिनेत्री सुष्मा कार्की गायिकाको रूपमा पनि प्रस्तुत भएकी छन् । उनी सिने गुरुङको गीत ‘मन’ को कभर भर्सनबाट गायन क्षेत्रमा प्रवेश गरेकी हुन् । 

उनले गीत गाउँदै गरेको भिडियो पनि बनाइएको छ । जसको भिडियो निमा शेर्पा र राजीव थापाले उतारेका हुन् । बेलाबेलामा विभिन्न कारणले चर्चा र विवादमा छाउने कार्कीको अभिनय र नृत्यसमेत राम्रो मानिँदै आएको छ । 

आफ्नो मन भुलाउन बेलाबेलामा गति गाउँदै आएको सुष्माले बताइन् । ‘म बेला बेलामा कभर भर्सन गाउँदै आएकी छु । यो गीत पनि मैले मन भुलाउन गाएकी हुँ’ सुष्माले भनिन् ‘एक हिन्दी सहित अझै केही गीत ल्याउँदैछु ।’ 





  • प्रकाशित मिति : चैत २३, २०७८ बुधबार १२:१२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया