अर्बपति विनाेद चाैधरीकाे सम्पत्ति बढेकाे छ ।
फाेर्ब्स पत्रिकाका अनुसार चाैधरीकाे सम्पत्ति दस कराेड अमेरिकी डलरले बढेकाे हाे ।
याेसँगे उनकाे सम्पत्ति बढी १.५ अर्ब अमेरिकी डलर पुगेकाे छ । गत वर्ष अगाडि उनकाे सम्पत्ति १.४ अर्ब थियाे ।
सन् २०१३ देखि चाैधरी अर्बपतिहरूकाे सूचीमा पर्दै आइरहेका छन्।
यति मात्र नभई उनी दक्षिण एसियामा भारतबाहेक देशका एक्ला अर्बपति पनि हुन् । दक्षिण एसियाका भारत र नेपालबाहेक अन्य देशका व्यवसायी अर्बपतिकाे सूचीमा परेका छैनन् ।
चाैधरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभाका सदस्य पनि हुन् ।
टेस्लाका प्रमुख कार्यकारी अधिकृत तथा स्पेस एक्सका संस्थापक एलन मस्क यस पटक पनि सर्वाधिक धनी व्यक्ति बनेका छन् ।
दाेस्राे स्थानमा भने जेफ बेजाेस छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।