प्रधानमन्त्री इमरान खानले जनतासँग लाेकतन्त्रकाे रक्षाका लागि गरे अपील

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले देशको सार्वभौमसत्ता र लोकतन्त्रमाथिको सबैभन्दा ठूलो हमलाविरुद्ध जनतालाई अगाडि आउन र रक्षा गर्न अपिल गरेका छन्।

इमरान खानले सामाजिक सञ्जाल ट्विटरमार्फत् यस्ताे अपील गरेका हुन् । 

उनले जनता सधैं देशको सार्वभौमसत्ता र लोकतन्त्रको सबैभन्दा बलियो रक्षक भएको लेखेका छन् । 

विदेशी शक्तिहरूले यहाँका केही स्थानीय सहयोगीहरूमार्फत् पाकिस्तानको लोकतन्त्र र सार्वभौमसत्तामाथि हमला गरिरहेको पनि प्रधानमन्त्री खानकाे आरोप छ ।

इमरान खानले अब देशका जनताले यसको विरुद्धमा अगाडि आएर संरक्षण गर्नुपर्ने बताएका छन् । 

हालै पाकिस्तानमा विपक्षीले इमरान खानको सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका थिए । तर, आइतबार मतदान हुनुअघि नै उपसभामुखले अविश्वासको प्रस्ताव अस्वीकृत गरिदिए ।



त्यसपछि इमरान खानको सल्लाहमा राष्ट्रपति आरिफ अल्वीले राष्ट्रिय सभा भंग गरेका थिए । अहिले यो मुद्दा पाकिस्तानको सर्वोच्च अदालतमा विचाराधीन छ । 

उनले केही विदेशी शक्तिहरूले सरकार ढाल्ने षड्यन्त्र गरिरहेको र यहाँका विपक्षीहरूले उसलाई सहयोग गरिरहेको आरोप केही दिनदेखि लगाइरहेका छन् । 



यद्यपि, अमेरिकाले यी आरोपमा कुनै सत्यता नभएको बताएको छ । प्रतिपक्षले पनि यी आरोपलाई अस्वीकार गरेको छ ।

  • प्रकाशित मिति : चैत २३, २०७८ बुधबार १४:७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया