लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्यमा समस्या आएको छ ।
पार्टीको कार्यक्रमको शिलशिलामा भैरहवामा रहेका बेला उनको स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारका लागि बुधबार दिउँसो हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ ।
बुधबार बिहान ठाकुरले आफ्नो स्वास्थ्यमा समस्या आएको बताएपछि भैरहवास्थित भीम अस्पतलमा लगिएको थियो ।
भीम अस्पतालका अनुसार उनको छातीमा समस्या हुनुका साथै उच्च ज्वरो र निमोनियाको समस्या देखिएपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको हो ।
उनलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौंस्थित मेडिसिटी अस्पताल ल्याइएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।