नेपालमा पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८ सय ७ नमुना परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा मृत्युदर भने शून्य रहेको छ ।
सोही अवधिमा ५७ जना कोरोनामुक्त भएका छन् । हाल कोरोनाको सक्रिय संक्रमित संख्या ७ सय ६५ रहेको छ । पछिल्लो २४ घन्टामा ५६ हजार ५२७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।