नाबालिग गायिकालाई बलात्कारको आरोप लागेका अभिनेता पल शाहविरुद्धको मुद्दामा जिल्ला अदालत नवलपुरमा थुनछेक बहस सकिएको छ ।
किशोरीको पक्षबाट तीन वकिल र शाहको पक्षबाट ९ जना वकिलले बहस गरेका छन् । किशोरीका पक्षबाट अदालतका वैतनिक वकिल दीपक भट्टराईसहित तीन वकिलले बसे गरेका थिए ।
बहसमा किशोरी पक्षका वकिलले शाहलाई १२ देखि १४ वर्षसम्म कैद सजायको मागदाबी गरेका थिए । नवलपुर जिल्ला अदालतका अनुसार आज नै आदेश आउने छ । ३ चैतमा सरकारी वकिलको कार्यालय नवलपुरले अदालतमा मुद्दा दायर गरेका थिए ।
यसअघि जिल्ला अदालत तनहुँले शाहलाई थुनछेक बहस सकाएर १० चैतमा पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश दिएको थियो ।
जिल्ला अदालत तनहुँको आदेशविरुद्ध पल उच्च अदालत पोखरा पुगेका छन् । उच्च अदालतले निवदेन उपर पहिलो सुनुवाइ गर्दै तनहुँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।