भारतमा भेटिए ओमिक्रोन एक्सई भेरिएन्टका पहिलो संक्रमित

भारतमा कोरोना भाइरस (कोभिड–१९) को ओमिक्रोन एक्सई भेरिएन्टको पहिलो संक्रमित भेटिएका छन् । 

भारतीय सञ्चारमाध्यमलाई सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार भारतको वित्तीय राजधानी मुम्बईमा ओमिक्रोन एक्सई भेरियन्ट भएका संक्रमित भेटिएको बुधबार पुष्टि भएको हो ।

यो नयाँ भेरिएन्ट ओमिक्रोनभन्दा बढी संक्रामक क्षमता रहेको र सर्वप्रथम यो बेलायतमा पत्ता लागेको थियो । 

विश्व स्वास्थ्य संगठनका अनुसार यो भेरियन्ट कोरोना भाइरसको ओमिक्रोन बीए–टु सबभेरियन्टभन्दा १० प्रतिशत बढी सर्नसक्ने बताइएको छ । 

अहिलेसम्म ओमिक्रोनको बीए–टु सबभेरियन्टलाई कोभिड–१९ को सबैभन्दा संक्रामक मानिएको छ ।





  • प्रकाशित मिति : चैत २३, २०७८ बुधबार २०:३०:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया