नवलपुर जिल्ला अदालतले बलात्कार आरोपमा पक्राउ परेका कलाकार पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। यसअघि तनहुँ जिल्ला अदालतले पनि सोही आदेश दिएको थियो ।
बुधबार शाहविरुद्धको थुनछेक बहसका क्रममा शाहका पक्षबाट ९ जना वकिलले बहस गरेका थिए भने पीडित किशोरीको पक्षबाट तीनजना सरकारी वकिलले बहस गरेका थिए ।
नवलपुर जिल्ला अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीका अनुसार शाहलाई बुधबार नै तनहुँ कारागार पठाइने भएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।