घोषणापत्रमा पर्यावरणीय सुरक्षाको विषय समेट्न प्रदीप पौडेलको अनुरोध

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले स्थानीय निर्वाचनको घोषणापत्रमा पर्यावरणीय सुरक्षाको विषय समेट्न दलहरुलाई अनुरोध गरेका छन् । 

बुधबार ट्विट गर्दै उनले अस्तव्यस्त सहरीकरण अहिले राष्ट्रिय समस्याको रुपमा रहेको बताएका छन् । 

उनले लेखेका छन्– स्थानीय तहको निर्वाचनमा पार्टीहरुले स्थानीय तहमा देखिएको फोहोर व्यवस्थापन, ढल व्यवस्थापन, खोलानाला प्रदूषण, खनिजजन्य पदार्थको अन्धाधुन्ध दोहन, पानीका मूल सुक्ने समस्या आदि सवालहरुलाई घोषणापत्रमा समेट्न अनुरोध गर्दछु।





  • प्रकाशित मिति : चैत २३, २०७८ बुधबार २१:५३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया