पूर्वी युक्रेनका नागरिकलाई सरकारले भन्यो– तत्काल सुरक्षित स्थानमा जानू
फरकधार / २४ चैत, २०७८

युक्रेनकी उपप्रधानमन्त्रीले पूर्वीयुक्रेन- खार्किभ, लुहान्स्क र दोनेत्स्कका वासिन्दालाई ती क्षेत्र तत्काल खाली गर्न अनुरोध गरेकी छिन् । रुसी सेनाले सो क्षेत्रमा हमला तीव्र पार्ने त्रासबीच उपप्रधानमन्त्री इरिना भेरेश्चुकले सो अनुरोध गरेकी हुन् । 



‘यो अहिले नै गर्नुपर्छ किनभने पछि मानिसहरू आगोमा पर्नेछन् र मृत्युको धम्कीको सामना गर्नेछन्’, उपप्रधानमन्त्री भेरेश्चुकले भनिन् । सरकारको अनुरोधपछि ती  क्षेत्रबाट सर्वसाधारण नागरिक सुरक्षित क्षेत्रतर्फ जान थालेका छन् ।

रुसले आफ्नो आक्रमणको केन्द्रबिन्दु पूर्वीयुक्रेनलाई बनाउने यसअघि नै संकेत गरेको थियो । रुसी सेना पूर्वी युक्रेनलाई चारैतिरबाट हमला गर्ने योजनामा रहेको बताइन्छ । 



यसैबीच, अमेरिकाले रुसी राष्ट्रपतिका दुई वयस्क छोरीहरू र रुसी बैंकमाथि प्रतिबन्ध लगाएको छ । युक्रेनमा रुसले युद्ध अपराध गरेको आरोप लगाउँदै अमेरिकाले पछिल्लो कदम चालेको हो । 



त्यस्तै, बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बुचा सहरमा रुसी सेनाले सर्वसाधारणको नरसंहार गरेको बताएका छन् । 

  • प्रकाशित मिति : चैत २४, २०७८ बिहीबार ७:३५:४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया