रुसी सेनाले दोनबासलाई पूर्ण नियन्त्रणमा लिन खोज्दैछः युक्रेन
फरकधार / २४ चैत, २०७८
सांकेतिक तस्बिर

रुसी सेनाले दोनबासलाई पूर्ण नियन्त्रणमा लिने प्रयास गरिरहेको युक्रेनले बताएको छ ।  



‘रुसी सेनाले पूर्वीयुक्रेनको दोनबास  क्षेत्रमा आक्रमणको लागि पुनः संगठित र अनुसन्धान सञ्चालन गरिरहेको छ’, युक्रेनी सशस्त्र बलहले युद्धको ४२ औं दिनमा भनेको छ।

रुसी सेनाको मुख्य प्रयास दोनेत्स्क क्षेत्रमा युक्रेनी फौजको प्रतिरक्षा तोड्नु रहेको पनि अपडेटमा उल्लेख छ । 



रुसी फौजले उत्तरपूर्वी खार्किभमा निरन्तर गोलाबारी गरिरहेका छन्।  



सैन्य कार्गो द्रुत रूपमा सार्न रूसी सेनाहरूले रेलवे लाइन प्रयोग गरिरहेका छन् ।  

हतियार र अन्य उपकरणहरू रूसको बेलगोरोडको भालुयकी स्टेसनबाट उत्तरपूर्वी युक्रेनको कुप्यान्स्क रेलवे स्टेसनमा पुगेको छ । 

युक्रेनी सेनाले युक्रेनको दक्षिणमा खेर्सननजिक रहेको ओसोकोरिभकालाई रुसी सेनाबाट फिर्ता लिएको जनाएको छ, यद्यपि यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ । 

  • प्रकाशित मिति : चैत २४, २०७८ बिहीबार १०:२२:४०,   अन्तिम अपडेट : चैत २४, २०७८ बिहीबार १०:२४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया