बुचा र इरपिनमा भएका नरसंहार बुझ्न रुसी राजदूतलाई बाेलाउने क्यानडाकी विदेशमन्त्रीकाे तयारी
फरकधार / २४ चैत, २०७८

युक्रेनी सहर बुचा र इरपिनमा भएका नरसंहारलाई लिएर क्यानडाले रुसी राजदूतलाई बोलाउने भएको छ । 



क्यानडाले बुचा र इरपिनको किभ उपनगरमा सर्वसाधारणको हत्याका विवरणहरूमा राजदूतलाई बोलाउने तयारी गरेको  क्यानडाका विदेशमन्त्री मेलानी जोलीले जानकारी दिइन् । 

सो हत्यालाई लिएर अन्तर्राष्ट्रिय स्तरमा आक्रोश बढेको छ ।
 
‘हामीले बुचामा जे देख्यौं त्यसमा अमानवीयताको स्तर छ’, ब्राजिलको राजधानी ब्रसेल्समा नेटो मुख्यालयमा सञ्चारकर्मीहरूसँग उनले भनिन् । 



रुसमाथि प्रतिबन्ध लगाउने विषयमा छलफल गर्न सदस्य देशका मन्त्रीहरूबीच बैठक हुँदैछ । 



क्यानडाका लागि रुसका राजदूत ओलेग वी स्टेपानोभलाई बुचा र इरपिनमा भएका नरसंहारका घटनाको चित्रहरूसहित उपस्थितिका सुनिश्चित गर्न आफूले उपमन्त्रीलाई निर्देशन दिएको मन्त्री जोलीले बताइन् । 

  • प्रकाशित मिति : चैत २४, २०७८ बिहीबार १०:४८:५६,   अन्तिम अपडेट : चैत २४, २०७८ बिहीबार १०:५३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया