अस्ट्रेलियाले लगायो पुटिनको नजिकका ६७ रुसीमाथि प्रतिबन्ध
फरकधार / २४ चैत, २०७८
फाइल तस्वीर

युक्रेनमाथि रुसी आक्रमणको विरोधमा अस्ट्रेलियाले ६७ रुसीमाथि प्रतिबन्ध लगाएको छ । युक्रेन हमलाको विरोधमा उनीहरूलाई प्रतिबन्ध लगाइएको अस्ट्रेलियाकी विदेशमन्त्री मारिस पेनीले जानाकारी दिइन् । 



‘आज म रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको नजिकका र उनका अपमानजनक कार्यहरूलाई सहयोग र समर्थन गर्ने थप ६७ जना सम्भ्रान्त र कुलीनविरुद्ध प्रतिबन्धहरूको घोषणा गर्दैछु’, ब्राजिलको राजधानी ब्रसेलमा नेटो सदस्य राष्ट्रका नेताहरूलाई सम्बोधन गर्दै उनले भनिन् ।

रुसले युक्रेनमा विशेष सैन्य कारबाही गरेको रुसले बताउँदै आएको छ । युक्रेनमाथिको रुसी हमला पछिल्लो समयमा पूर्वतर्फ केन्द्रित छ । रुसले दोनबासमा हमलाको तीव्र तयारी गरेको विवरणहरू सार्वजनिक भएका छन् । 



रुसी सेना पूर्वीयुक्रेनतर्फ बढ्दै जाँदा युक्रेन आफ्ना नागरिकहरूलाई दोनबासबाट सुरक्षित क्षेत्रतर्फ जान अनुरोध गरेको छ । रुसी हमलाका कारण युक्रेनबाट ४२ लाख मानिसहरूले देश छाडेका छन् । 
 



  • प्रकाशित मिति : चैत २४, २०७८ बिहीबार १४:५४:४९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया