संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि विभिन्न सुधारका काम भइरहेको दाबी गरेका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले आफूले मन्त्रालयको जिम्मेवारी लिएसँगै सुधारका धेरै कामहरु भइरहेको बताए । आफ्नो मन्त्रालयमा थुप्रै फोहोरका डंगुर रहेको उल्लेख गर्दै उनले तिनलाई सफा गरेको बताए ।
आफू राजनीतिमा सेवाको भावनाले प्रवेश गरेकाले नेपालीको शिर नझुक्नेगरी काम गर्ने बताए । नारायणहिटी, पशुपति धर्मशाला, चार्टड फ्लाइटलगायतमा भएका भ्रष्ट्राचारविरुद्ध आफूले काम गरेको उनले सुनाए । उनले भने, ‘राजनीतिमा सेवाको भावले प्रवेश गरेको छु । जबसम्म म कुर्सीमा बस्छु, ३ करोड नेपाली जनताको शीर ननिहुरिने गरी काम गर्छु ।’
मन्त्री आलेले सर्वहारा र श्रमजीवी वर्गको हक हितको पक्षमा आफू सधैँ उभिने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।