माओवादी केन्द्रका गाउँपालिका इन्चार्ज बोहरा कांग्रेसमा प्रवेश

नेकपा माओवादी केन्द्र साइपाल गाउँपालिका इन्चार्ज शेरबाहादुर बोहरा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनले आज जिल्ला समदरमुकाम चैनपुरमा आफ्नो धारणा सार्वजनिक गर्दै नेकपा माओवादी केन्द्र परित्याग गरेका घोषणा गरे । 

माओवादी केन्द्रवाट जनताले आशाभन्दा बढी निराशाको सामाना गर्नुपरेको र आगामी दिनमा पनि माओवादीबाट जनताले कुनै उपलब्धि नपाउने देखेपछि आफू कांग्रेसमा प्रवेश गरेको उनले बताए । 

‘जनयुद्ध र त्यसपछिको केही वर्ष माओवादी र प्रचण्डबाट जनताले जुन प्रकारको आशा गरेका थिए, ती सबै आशा एकएक गरी तुहिँदै जान थाले । जनताले आशा गरेको गास, बास, कपास, रोजगारीप्रति पार्टी नेतृत्वको ध्यान जान पर्थ्यो । त्यो हुन सकेन,’ बोहराले भने ‘माओवादी केन्द्रलाई सत्ताको स्वाद चखाउने शहीदको सपना नै सम्बोधन हुन सकेन भने, हामी आम जनताले के आस गर्ने ?’ उनले भने ।

कम्युनिस्टले भ्रमको खेती गरी जनतालाई झुक्याउँदै गएका कारण आफू कांग्रेसमा प्रवेश गरेको बताए । 'अब देशको नेतृत्व हाँक्ने र भविष्य भएको पार्टी नै नेपाली काँग्रेस भएका कारण म नेपाली कांग्रेसमा प्रवेश गरेको छु,’ बोहराले भने । बोहरालाई कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री अर्जुनजंगबहादुर सिंहले पार्टीमा प्रवेश गराएका थिए ।





  • प्रकाशित मिति : चैत २४, २०७८ बिहीबार १९:३२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया