पाकिस्तानको सर्वोच्च अदालतले गर्यो विघटित संसद् पुनःस्थापना

पाकिस्तानको सर्वोच्च अदालतले विघटित संसद् पुनःस्थापना गरेको छ। नेसनल असेम्बली (संसद्का) उपसभामुख कासिम खान सूरीको निर्णय खारेज गर्दै सर्वोच्चले संसद ब्युँताइदिएको हो । 

सर्वोच्चको ५ सदस्यीय इजलासले प्रधानमन्त्री इमरान खानले राष्ट्रपति अरिफ अल्वीलाई संसद् विघटन गर्ने सल्लाह दिन नसक्ने ठहर गर्दै संसद् विघटन गर्ने राष्ट्रपतिको घोषणा गैरकानुनी भएको फैसला गरेको छ । 

अदालतले प्रधानमन्त्री खानविरुद्ध संसद्‌मा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान गराउन पनि आदेश दिएको छ। 

अप्रिल ३ मा विपक्षी दलले खानमाथि दर्ता गरेको अविश्वासको प्रस्तावमा छलफल हुन नदिई उपसभामुख सूरीले अस्वीकृत गरेका थिए ।

प्रधानमन्त्री खानको सल्लाहमापछि राष्ट्रपतिले नेसनल असेम्बली विघटन गरेका थिए । 





  • प्रकाशित मिति : चैत २४, २०७८ बिहीबार २२:८:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया