अर्थमन्त्री जनार्दन शर्माले प्रविधिले नेपालको अर्थतन्त्रमा फाइदासँगै बेफाइदा पुर्याइरहेको बताएका छन् । उनले ती प्रविधिले पुर्याएको चुनौतीको सामना गर्न तयार हुनुपर्ने बताए ।
अर्थमन्त्री शर्माले क्रिप्टो करेन्सी र हाइपर फण्डबारे आफूलाई खासै जानकारी नभएको पनि उल्लेख गरे ।
‘डिजिटल विश्व बन्दैछ, यसले सकारात्मक प्रभाव त ल्यायो । सँगसँगै नकारात्मक कुरा पनि ल्याएको छ । हाम्रो अर्थतन्त्रमा त्यसका चुनौतीहरू पनि थपिए,’ शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, ‘मैले पाँच महिनाअगाडि यस्तो कुरा आउँदैछ रे सोधेको थिए गर्भनरलाई, आज आएर क्रिप्टो/स्रिप्टो हाइपर फण्ड त्यो पनि थाहा थिएन । यो डिजिटलबाट कताकता पैसा यताउता जाने के–के विधि आएको छ भन्या थिए, नाम मलाई थाहा थिएन । त्यसको चुनौती सामना गर्न तयार हुनुपर्छ ।’
साथै, उनले अनुत्पादकभन्दा उत्पादक क्षेत्रतिर जोड दिनुपर्ने पनि उल्लेख गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।