’नेशनल आर्टिस्ट अवार्ड–२०७९ ’का लागि आवेदन खुल्यो

नेपाली सिने तथा गीत संगीतमा रहेका सम्पूर्ण विधा समेट्दै ’नेशनल आर्टिस्ट अवार्ड–२०७९’ हुने भएको छ । नेपाली मौलिक धारमा रहेका नेपाली सष्ट्रा र सर्जकको सम्मानका लागी अवार्ड कार्यक्रम आयोजना हुन लगेको अवार्डका कार्यक्रम निर्देशक जस बहादुर याक्खाले बताए ।

सांगीतिक तथा सम्पूर्ण मनोरञ्जनका क्षेत्रमा नयाँ सर्जक तथा सिर्जनशील सष्ट्रालाई प्रेरणा थप्ने उद्देश्य रहेको आयोजकको दावी छ । मौलिक, कला, संस्कृति, संगीत, चलचित्र, क्षेत्रका व्यक्तित्वहरूलाई पुरस्कृत एवं सम्मानित गरिने आयोजक संस्था साहित्य सरोवर मिडिया प्रालिका कार्यक्रम संयोजक सन्तोष कटवालले बताए ।

अवार्ड जेष्ठको अन्त्यमा प्रदान गरिने आयोजक अध्यक्ष रोशन पोखरेलले बताए । अवार्डका लागि आवेदनको खुल्ला गरिएको छ । आवेदन फारम ३० वैशाखसम्म फारम लिइने आयोजकले बताएको छ ।

उत्कृष्ट गायक, गायिका, संगीतकार, रचनाकार, नवप्रतिभा, लोक तथा दोहोरी गायक–गायिका, पर्व विशेष गीत(तीज, दशैँ तिहार,होली), भेग विशेष (पुर्वेली, काठे, पश्चिमेली) भजन, पप/आधुनिक गायक–गायिका, भाषा–भाषिका गीत, म्युजिक भिडियो मोडलले सहभागिता जनाउन सक्ने आयोजक सस्थाले जनाएको छ ।





  • प्रकाशित मिति : चैत २५, २०७८ शुक्रबार १९:१२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया