विल स्मिथमाथि लाग्याे प्रतिबन्ध, १० वर्ष ओस्कार समाराेहमा सहभागी हुन नपाउने

विल स्मिथलाई १० वर्षको लागि ओस्करमा सहभागी हुन प्रतिबन्ध लगाइएको छ

हलिउड अभिनेता विल स्मिथलाई आगामी १० वर्षको लागि ओस्कारमा सहभागी हुन प्रतिबन्ध लगाइएको छ ।

हालै सम्पन्न भएकाे ओस्कार समारोहमा कमेडियन क्रिस रकलाई थप्पड हानेपछि उनीमाथि यो प्रतिबन्ध लगाइएको हो ।

साथै, स्मिथलाई आगामी दशकसम्म एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइन्सको कुनै पनि कार्यक्रममा भाग लिन प्रतिबन्ध लगाइनेछ।

एकेडेमीले यस्ताे जानकारी दिइएको हो । 

यद्यपि एकेडेमीले उनलाई ‘किंग रिचर्ड’का लागि दिइएको सर्वोत्कृष्ट अभिनेताको अवार्ड फिर्ता लिने अथवा भविष्यमा ओस्कार अवार्डका लागि मनोनयन हुने नहुने कुरा भने स्पष्ट पारेकाे छैन ।



रकले स्मिथकी श्रीमतीलाई लिएर मजाक गरिरहेका थिए । साेही क्रममा स्मिथले लाइभ समाराेहमै रकमाथि थप्पड हानेका हुन् । 

थप्पड हानेसँगै स्मिथकाे निकै आलाेचना भएकाे थियाे । 



  • प्रकाशित मिति : चैत २६, २०७८ शनिबार ९:६:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया