जेलेन्स्की भन्छन्- रुसमाथि थप प्रतिबन्ध लगाइयोस्

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि थप हतियार र कडा प्रतिबन्ध लगाउन आह्वान गरेका छन् । 

पूर्वी युक्रेनमा रुसी आक्रमणको त्रासले भागेका महिला, बालबालिका र वृद्धवृद्धाहरूले भरिएको रेल स्टेसनमा हमला हुँदा कम्तीमा ५२ जनाको मृत्यु भइरहेका बेला जेलेन्स्कीको यस्ताे आह्वान आएको हो । 

पूर्वी क्षेत्रको क्रामाटोर्स्कमा भएको सो हमलालाई राष्ट्रपति जेलेन्स्कीले नियोजित रूपमा भएको बताएका छन् । 

हमला भएका समयमा करिब ४ हजार मानिस भेला भएको सहरका मेयरले अनुमान गरेका छन् ।





  • प्रकाशित मिति : चैत २६, २०७८ शनिबार ९:३४:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया