काठमाडौंको मेयर बन्ने दौडबाट पछि हटे भुवन केसी

निर्देशक तथा अभिनेता भुवन केसीले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी नदिने भएका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले महानगरकाे मेयरबाट पछि हटेकाे जानकारी गराएका हुन् ।

अभिनेता केसीले प्राविधिक कारण तथा कार्यव्यस्ताका कारण महानगरपालिकाको मेयर पदमा उम्मेदवार बन्नका लागि असमर्थ रहेको बताएका छन् ।

यसैगरी उनले हालसम्म कुनै पनि पार्टीमा नरहेको पनि जानकारी दिए ।

अभिनेता केसीले उन्नत लोकतान्त्रिक पार्टीका तर्फबाट काठमाडौंको मेयरमा उम्मेदवारी दिन लागेका थिए।





  • प्रकाशित मिति : चैत २६, २०७८ शनिबार १४:४८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया