विमानस्थलमा राप्रपा अध्यक्ष लिङ्देलसँग प्रमोद खरेलको जम्काभेट

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देल अहिले देश दौडाहामा छन् । आसन्न स्थानीय निर्वाचनको मिति नजिकिएसँगै उनी देश दौडाहामा व्यस्त रहेका हुन् । नेताहरू मात्र होइन कलाकार पनि अहिले व्यस्त नै छन् । 

कोरोना महामारीका कारण लामो समय घरमै बसेका उनीहरूलाई अहिले भने मेला महोत्सवमा भाग लिन भ्याइनभ्याई छ । लोकप्रिय गायक प्रमोद खरेललाई पनि अहिले लगातारको महोत्सव/कन्सर्टले व्यस्त बनाएको छ ।

यसैबीच, प्रमोद र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देलबीच एक विमानस्थलमा जम्काभेट भएको छ । ‘माननीय ज्यूसँग एअरपोर्टमा जम्काभेट, उहाँ आमसभातिर म कन्सर्टतिर,’ प्रमोदले फेसबुकमा लेखेका छन् .

उनले कुन विमानस्थलमा भेट भएको हो भनेर चाहिँ खुलाएका छैनन् ।  





  • प्रकाशित मिति : चैत २६, २०७८ शनिबार १५:१०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया