सिरहाको औरही गाउँपालिकाकी उपाध्यक्ष सीताकुमारी यादव नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।
जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित उनले कही दिनअघि मात्रै पार्टी परित्याग गरेको घोषणा गरेकी थिइन् ।
आज उनीसहित जसपा र अन्य पार्टीका दर्जनौँ नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेस जिल्ला सभापति रामचन्द्र यादवले गाउँपालिका उपाध्यक्ष यादवसहितलाई फूल माला र अबिर लगाएर पार्टीमा स्वागत गरेका हुन् ।
कांग्रेसले उनलाई उपाध्यक्षको टिकट दिने आश्वासन दिएर पार्टीमा ल्याएको बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।