प्रो क्लब क्रिकेट च्याम्पियनसिपमा आर्मीको विजयी सुरुवात

नेपाल प्रो क्लब च्याम्पिनसिप क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ । 

आर्मीले समूह ‘बी’ अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबमाथि ५१ रनको सहज जित हात पारेको हो ।

१४० रनको लक्ष्य पछ्याएको एपिएफले १९.१ ओभरमा सबै विकेट गुमाउँदै ८८ रन मात्र बनाउन सक्यो ।

एपिएफका लागि कप्तान प्रदीप ऐरीले सर्वाधिक ३१ रनको योगदान दिए । १६ बलको सामना गरेका उनले चार चौका र दुई छक्का प्रहार गरे ।

रित गौतम र सुमित महर्जनले समान १२ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

आर्मीका सोमपाल कामीले चार तथा कुशल मल्ल, विक्रम सोब र साहब अलामले दुई–दुई हात पारे ।  



यसअघि भैरहवाको सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको आर्मीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३९ रन बनाएको थियो ।

आर्मीका लागि रोहितकुमार पौडेलले अविजित ८० रनको पारी खेले । ५७ बलको सामना गरेका उनले नौ चौका र एक छक्का प्रहार गरे । भीम सार्कीले २२ र कप्तान विनोद भण्डारीले १९ रन जोडे । 



एपिएफका लागि किशोर महतो र भुवन कार्कीले दुई–दुई तथा अमरसिंह रौटेला र नन्दन यादवले एक–एक विकेट हात पारे ।

जितसँगै आर्मीले दुई अंक जोड्दा एपिएफले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । 

  • प्रकाशित मिति : चैत २६, २०७८ शनिबार १७:४२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया