जनकपुर–१० को वडाध्यक्षका लागि एमालेबाट कर्ण उम्मेदवार

स्थानीय तहको निर्वाचन हुन ३४ दिन मात्र बाँकी रहेको समयमा दलहरुले उम्मेदवार छनोट गर्ने कार्यलाई तीव्रता दिएको छ । 

सोही क्रममा नेकपा एमालेले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१० को वडाध्यक्ष तथा वडासदस्य पदका लागि उम्मेदवार छनोट गरेको हो । 

शनिबार जनकपुरधाम वडा नम्बर–१० मा बसेको वडासमितिको बैठकबाट वडाध्यक्षका लागि भर्खर मात्र नेकपा एमालेमा प्रवेश गरेका युवा नेता सुशीलकुमार कर्णलाई छनोट गरिएको छ । 

वडासमितिको बैठकमा बृहत् छलफल गर्दा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१० मा नेकपा एमाले पार्टीको तर्फबाट वडाध्यक्षको उम्मेदवारमा कर्णलाई सर्वसम्मत छनोट गरिएको छ ।
 
बैठकले वडासदस्यमा महेन्द्रप्रसाद साह र प्रदीप मण्डल तथा महिला सदस्यमा रेखादेवी यादव एवं दलित सदस्यमा रञ्जितादेवी साहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
 
नेकपा एमालेको वडा नम्बर–१० का अध्यक्ष श्याम किशोर मण्डलको अध्यक्षता, वरिष्ठ सल्लाहकार महेन्द्र प्रसाद साहको सक्रियता एवं जिल्ला सदस्य शीलादेवी झाको रोहबरमा भएको बैठकमा उपाध्यक्ष अनिता कुमारी, कोषाध्यक्ष सञ्जीवकुमार साह, नगर उपाध्यक्ष सन्तोषकुमार महतोलगायतको उपस्थिति थियो ।





  • प्रकाशित मिति : चैत २६, २०७८ शनिबार १९:२६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया