इटालियन सिरी ‘ए’ मा युभेन्टसले पुनरागमन जित निकालेको छ । गएराति सार्देग्ना एरिनामा भएको खेलमा युभेन्टसले एक गोललेपछि परेको अवस्थालाई उल्टाउँदै घरेलु टोली काग्लियरीमाथि २–१ को जित हात निकालेको हो ।
खेलको १० औं मिनेटमन जाओ पेड्रोले घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए । ४५ औं मिनेटमा म्याथिज डि लिग्टले युभेन्टसलाई १–१ को बराबरीमा ल्याए ।
७५ औं मिनेटमा डुसान भ्लाहोभिचले गोल गरेपछि पाहुना टोलीले २–१ को जित दर्ता गर्यो । जितसँगै युभेन्टस ३२ खेलमन ६२ अंक जोडेर तेस्रो स्थानमा रहँदा पराजित काग्लियरी समान खेलमा २५ अंकका साथ १७ औं स्थानमा छ ।
लिगअन्तर्गतकै अन्य खेलमा इन्टर मिलानले भेरोनालाई २–० ले पराजित गर्दा इम्पोली र स्पेजियाले गोलरहित बराबरी खेलेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।