महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले २९ चैतभित्र वडा सदस्यसम्मका उम्मेदवारसहित नाम सिफारिस गर्न निर्देशन दिएको छ ।
लोसपा अध्यक्ष महन्थ ठाकुरको निर्देशनअनुसार २८ गतेसम्म महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका मेयर तथा अध्यक्ष सिफारिस गर्न समयसिमा दिएको हो ।
‘२४–२५ गते बसेको जिल्ला कमिटीका बैठकले देशैभरबाट उम्मेदवार सिफारिसका लागि कमिटी गठन गरेका छन् । कमिटीले २९ गतेभित्र सबै तहका उम्मेदवार सिफारिस गरिसक्ने छन्,’ केन्द्रीय कार्यकारिणी सदस्य सुरेन्द्र झाले भने ।
उनले अगाडि थपे, ‘२९ गतेभित्र सबै स्थानका उम्मेदवार सिफारिस भइसक्ने अपेक्षा गरिएको छ ।’ झाका अनुसार केन्द्रीय कार्यालयको निर्देशनअनुसार जिल्ला, पालिकाका कार्यकारिणी समितिहरूले गृहकार्य गरिरहेका छन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।