रानोल्डोले मागे माफी

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पोचुर्गिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले एक प्रशंसकको फोन तोडेको विषयमा माफी मागेका छन्।

शनिबार साँझ एभर्टनविरुद्ध पराजित भएपछि रोनाल्डोले समर्थकको फोन तोडेको भिडियो सार्वजनिक भएको थियो ।

एभर्टनसँग हारपछि मैदानबाट निस्कने क्रममा रोनाल्डोले आक्रोशित हुँदै समर्थकको फोन फुटाइदिएका थिए । 

३७ वर्षीय रोनाल्डोले सामाजिक सञ्जालमार्फत् समर्थकसँग माफी मागेका हुन्।

‘म मेरो आक्रोशको लागि माफी माग्न चाहन्छु र, यदि सम्भव छ भने, म ती समर्थकलाई निष्पक्ष खेल भावना देखाउँदै ओल्ड ट्राफोर्डमा खेल हेर्न आमन्त्रित गर्न चाहन्छु’, उनले भनेका छन्।

उनले आफूहरू कठिन क्षणमा रहेको भन्दै भावनासँग व्यवहार गर्न कहिल्यै सजिलो नहुने बताएका छन् ।



‘यद्यपि, हामी सधैं आदर, धैर्य र सुन्दर खेल मन पराउने सबै युवाहरूका लागि प्रेरणा बन्नुपर्छ’, रोनाल्डोले समाजिक सञ्जालमा लेखेका छन् ।

एभर्टनसँगको पराजयपछि च्याम्पियन्स लिगका लागि छनोट हुन युनाइटेडका लागि कठिन बनेको छ । 



म्यानचेस्टरले भने एभर्टनमा भएको घटनाबारे अवगत भएको भन्दै प्रहरी अनुसन्धानमा सघाउने बताएको छ । 

म्यानचेस्टर युनाइटेड घरेलु टोली एभर्टनसँग १-० ले स्तब्ध बनेको थियो । गुडिसन पार्कमा युनाइटेडलाई स्तब्ध पार्न एभर्टनका एन्थोनी गोर्डनले  २७ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।

यो हारसँगै युनाइटेड ३१ खेलबाट ५१ अंक जोडेर सातौं स्थानमा रहँदा जित हात पारेको एभर्टन ३० खेलबाट २८ अंक जोडेर १७ औं स्थानमा छ ।

 

  • प्रकाशित मिति : चैत २७, २०७८ आइतबार १०:५३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया