अस्ट्रेलियामा स्कट माेरिसनले गरे संघीय निर्वाचनकाे आह्वान

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले मे २१ मा संघीय निर्वाचन आह्वान गरेका छन् । 

राजधानी क्यानबेरामा गभर्नर जनरलसँग छलफल गरेपछि प्रधानमन्त्री मोरिसनले चुनावको मिति तोकेका हुन् । 

मोरिसनको सत्तारूढ गठबन्धनको हाउस अफ रिप्रिजेन्टेटिभमा ७६ सिट छ । सरकार गठनका लागि यो न्यूनतम संख्या हो । 

निर्वाचनपछि सरकार परिवर्तन हुने प्रारम्भिक मत सर्वेक्षणहरूले देखाएका छन् । 

एन्थोनी अल्बानिजले नेतृत्व गरेको विपक्षी लेबर पार्टी सत्तामा पुग्ने निर्वाचन सर्वेक्षणहरूले देखाएका छन् । चुनावी सर्वेक्षणहरूले सधैं वास्तविकता भने देखाउँदैनन् ।  

यसअघि भएका चुनावी सर्वेक्षणहरूले प्रधानमन्त्री मोरिसन पराजित हुने देखाएका थिए । 



‘यो बलियो भविष्य र अनिश्चित बीचको छनोट हो ।  यो तपाईंले चिनेको सरकार र तपाईंले नजानेको लेबर विपक्षी बीचको छनौट हो’, प्रधानमन्त्रीले आइतबार भने । 



  • प्रकाशित मिति : चैत २७, २०७८ आइतबार १३:३३:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया