महाकाली नदीमा हाम फालेर एक महिलाको मृत्यु

दार्चुलास्थित महाकाली नदीमा हाम फालेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको महाकाली नगरपालिका-४ घाटबजारस्थित बियर बारमा कार्यरत अपि हिमाल गाउँपालिका-४ खात्तीकी दमन्ती धामीले नदीमा हाम फालेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्सपेक्टर माधव बिश्वकर्माले जानकारी दिए ।

उनी विवाहित हुन् । खात्तीका धाम्पा धामीसँग बिहे गरेकी दमन्तीले रिग्नेतालको सिढीबाट महाकाली नदीमा हाम फालेकी थिइन् । 

सोही स्थानमा आवतजावत गर्ने मानिसहरूले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले करिब २ किलोमिटर तल नमस्कार मन्दिरको नदी किनारबाट उनलाई उद्दार गरेका थिए । 

‘अस्पताल लगेपछि चिकित्सकहरूले मृत घोषणा गरे । बारमा काम गर्ने ती महिलाले किन आत्महत्या गरिन् भन्नेबारेमा अनुसन्धान जारी छ । कारण पत्ता लागिसकेको छैन’, इन्सपेक्टर विश्वकर्माले भने ।





  • प्रकाशित मिति : चैत २७, २०७८ आइतबार १६:४३:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया